Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
29.1 C
Kathmandu

अराजक गतिविधिप्रति वाईसिएल पर्साको ध्यानाकर्षण

spot_img

वीरगंज । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) पर्साले ५ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
वाईसियल पर्साका संयोजक दीपेन्द्र सिंह पटेलको नेतृत्व तथा संगठनका केन्द्रीय सदस्य एवं पर्सा इञ्चार्ज संतोष पटेलको विशेष उपस्थितीमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमार्फत गणतन्त्रलाई संस्थागत बिकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरू तार्किक निष्कर्षमा पु¥याउनुपर्ने बेला केही अवाञ्छित तत्वहरू सक्रिय भइरहेको भन्दै संगठनले आपत्ती जनाएको छ ।
शान्ति सम्झौता र संक्रमणकालीन न्याय विरुद्ध भईरहेको चलखेल र षड्यन्त्रप्रति वाईसियललेको ध्यानाकृष्ट भएको ज्ञापन पत्रमा उल्लेख छ । शान्ति प्रकृयाका बाँकी कामहरु सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन सम्बन्धि आयोग गठन गरी संक्रमणकालीन न्यायको बारेमा मुलुकमा उठेका महत्वपूर्ण विषयहरुको निरुपण गर्न शान्ति प्रकृयाको कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पु¥याउन माग गरेको छ ।
देश अर्थतन्त्रको चरम संकटमा रहेको हुँदा उद्योग व्यवसाय धरापमा परीरहेको र विस्थापित हुने अवस्थामा पुगकोप्रति संगठनले विज्ञप्तीमार्फत चिन्ता व्यक्त गरेको छ । ऋणीहरुलाई अनावश्यक दबाब सिर्जना गर्ने, घरवार बिहिन बनाउने, आत्महत्या जस्ता जघन्य अपराधमा दुरुत्साहन गर्ने कार्यप्रति आपत्ती जनाउँदै यस्ता गम्भिर समस्याको समाधानमा सक्रिय रहन पनि माग गरिएको छ । सरकारका विभिन्न निकायबाट भईरहेको भ्रष्टाचार, घुसखोरी अनियमितता र ढिलासुस्तीहरुको अन्त्य गरी जनतालाई सुशासनको प्रत्याभुती दिलाउनुपर्ने वाईसिएलका पर्सा ईन्चार्जसमेत रहेका सन्तोष पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once