Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
23.1 C
Kathmandu

आगजनीको आरोपमा पक्राउ परेका विद्यार्थी नेता रिहा, छानविन समिति गठन

spot_img

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा भएको आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका विद्यार्थी नेता शिवम साह, सुजित गिरी र अभिषेक चौहान रिहा भएका हुन् । क्याम्पस प्रमुख डाक्टर उमेश चौरसिया, निर्वाचन अधिकृत रोशन लामिछाने लगायतको टोली जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । क्याम्पसको समस्या क्याम्पसमै सल्टाउने भन्दै क्याम्पस प्रमुख नै आएर विद्यार्थी छोडिदिन आग्रह गरेपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
विद्यार्थी संघ, संगठन र समूहले राखेको माग अनुसार छानबिन समिति गठन भइसकेकोले समस्या समाधान हुने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत रोशन लामिछानेले वताए । ‘मतदाता नामावली छानबिन समितिले भोलिदेखि नै काम सुरु गर्छ, तीन दिन भित्र प्रतिवेदन बुझाउन भनेका छौं’, उनले भने, ‘प्रतिवेदन बुझाएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्छौ ।’ उनले निर्वाचन कार्यतालिकामा केहि संशोधन गर्नुपरे पनि स्ववियु निर्वाचन तोकिएकै मितिमा गर्ने दोहो¥याए । ठाकुरराम बहुमुखी क्याम्पसले मतदाता नामावली छानबिनका लागि रघुनाथ प्रसाद चौरसिया संयोजकत्वमा समिति गठन गरिएको जनाएको छ ।
क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाका अनुसार समितिमा प्राध्यापक तथा कर्मचारीहरुको वैचारिक संगठनका अध्यक्ष÷सचिव वा प्रतिनिधि, त्रि.वि. प्राध्यापक संघ र कर्मचारी संघ क्याम्पस एकाई समितिका अध्यक्ष वा प्रतिनीधि, लेखा शाखाका कर्मचारी दुई जना, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि, दर्ता भएका संघ संगठनका अध्यक्ष वा सभापति, दर्ता समूहको संयोजक सदस्य रहनेछन् । छानबिन समितिको प्रतिवेदनपछि जानी जानी गल्ती गरेको पाइएमा दोषीलाई कारबाही गर्ने र अन्तिम नामावली प्रकाशित गर्ने क्यापस प्रमुख चौरसियाले जारी गरेको सूचनामा उल्लेख छ । अन्तिम नामावली प्रकाशन पछि निर्वाचनको अन्य कार्यक्रम संशोधित तालिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने क्याम्पसले जनाएको छ ।
निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २ सय ३२ नामावली मध्ये ८ सय फर्जि मतदाता रहेको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद गरेपछि विद्यार्थीहरुले क्याम्पसका आगजानी गरेको थियो । विवाद पश्चात विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसिया समक्ष राजीनामा पत्र बुझाएका छन् । ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि ३५ वटा संघ, संगठन र समूहले नाम दर्ता गराएका छन् । विवादका कारण शुक्रबार हुने भनिएको मनोनयन दर्ता स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once