Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंजमा खैरो हिरोइन सहित दुईजना पक्राउ

spot_img

वीरगंज । प्रहरीले वीरगंजबाट खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला माल्दा बमनग्रामकी २९ वर्षिय महम्द नायम शेख र जिल्ला गोरखा घार्चे गाउँपालिका वडा नं. ६ हाल जिल्ला काठमाण्डौ महानगपालिका वडा नं. २६ निवासी २४ बर्षिय सुरेश घले रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउसो ४ः०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट शेखलाई पक्राउ गरेको हो । सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगंजतर्फ संकास्पद रूपमा शेखलाई फेला पारी कानूनी रीतपु¥याई खानतलासी गर्दा निजले भिरेको झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट गरी जम्मा ३०० ग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषधलाई बरामद गरी शेखसंग प्रारम्भिक अनुसन्धान गर्दा काठमाडौं निवासी घलेले मगाएको हुँदा निजलाई दिन जादैँ गरेको भन्ने खुल्न बुझीन आएपछि लागु औषध अनुसन्धान व्युरो कोटेश्वर संग समन्वय गरी निज घलेलाई समेत पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । पक्राउ परेका दुबै जनालाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once