Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
23.1 C
Kathmandu

नेकपा (एस) निकट अनेम संघ पर्साको कमिटी गठन

spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकटको अखिल नेपाल महिला संघ पर्साको जिल्ला भेला बिहिबार सम्पन्न भएको छ । वीरगंजको राधेमाइ धर्मशालामा भएको भेलाले लालमुन वाइबाको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ पर्साको जिल्ला कार्यसमिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा रेनु चौरासीया, आशा गिरि, सचीवमा पार्वती सुनार, उपसचिवमा गाजमती देबि, कोषाअध्यक्षमा रुपा थापा र सदस्यहरुमा क्रमश कमला देबि दास, देवान्ती देबि दास, रानी देबि, शोभा देबि राम, साबित्रि देबि, इन्दु देबि, प्रमज्योती देबि राम, जुम्त्रि देबि खातुन, कोशिला देबि, हिरामती देबि राम चयन भएका छन् ।
नेकपा एसका प्रदेश कमिटी सदस्य योग कुमारी तामाङको अध्यक्षता र स्थाई कमिटी सदस्य एवं मधेस प्रदेश सह–इन्चार्ज कल्याणि खडकाको प्रमुख आतिथ्यतामा भएको भेलामा पोलिटब्युरो सदस्य रामचन्द्र साह, अनेमा संघका केन्द्रिय सचीव बिभा कार्की, केन्द्रीय सदस्य मालती चौधरी, नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापा, उपाध्यक्ष गङगा खडका, सचिव बिक्रम चौरासीया, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once