Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
17.1 C
Kathmandu

स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको प्राविधिक सहयोगमा सिम्रौनगढमा वृहत्त निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविर

spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १४ बहुअरी स्थित स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको सहयोगमा सिम्रौनगढ नगरपालिका वडा नं. ७ वडा कार्यालयले वृहत्त निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविरको आयोजना गरेको छ । वडा अन्तर्गतका गरिब, विपन्न परिवारका व्यक्तिहरुलाई स्वास्थ्यमा समस्या पैसाको अभावमा चेकजाँच गराउन नसक्नेहरुलाई मध्यनजर गर्दै स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको प्राविधिक सहयोगमा वडा कार्यालयले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्ष शिविरको आयोजना गरेको हो ।
सिम्रौनगढ बजार स्थित श्री कंकाली उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा २ सय ३० जना पुरुष तथा १ सय ७० जना महिला गरि ४ सय जना विरामीको चेकजाँच गरिएको थियो । विरामीहरुलाई स्पर्श मल्टिस्पेशलिटि हस्पिटलका संचालक एवं मेडिशिन विशेषज्ञ डा. महेश्वर कुर्मी, डा. पवन चौरसिया, अर्थो विशेषज्ञ डा. नविन सिंह, जेनरल सर्जन विशेषज्ञ डा. नितेश कणर्, डा. संजय साह, गाइनेक्लोजिष्ट डा. बबिता चौधरी, एम.बि.बि.एस. डा. राज पटेल, डा. विकास गुप्ता लगायतको टिमले चेकजाँच गर्नुका साथै विरामीहरुलाई परामर्ष समेत दिएका थिए ।
चेकजाँचको क्रममा खास गरेर मेडिशिन, अर्थो, पिडिया, सर्जरी, गाइने, कार्डियो लगायतका विरामीहरु फेला परेका थिए । चेकजाँचको क्रममा फेला परेका विरामीहरुलाई तत्कालको लागि हस्पिटलको तर्फबाट निःशुल्क औषधी वितरण गरिएको थियो भने आउने दिनमा गम्भिर प्रकृत्तिको रुपमा लिन सक्ने विरामीहरुलाई प्यालोजी सहितका चेकजाँचहरु गराएर समयमै सचेत हुन परामर्ष समेत दिइएको थियो ।
ग्रामीण भेगका गरिब, विपन्न परिवारका सदस्यहरुले पैसा अभावको कारण सानो तिनो समस्या भए अस्पताल गई चेकजाँच गराउन आनाकानी गर्ने गरेको अवस्थामा विस्तारै त्यही समस्याले गम्भिर प्रकृत्तिका रुपमा परिणत हुने गरेकोले सानो तिनो समस्या भएपनि समयमा आफ्नो स्वास्थ्य चेकजाँच गराउनुपर्ने विरामीहरुलाई परामर्ष दिइएको थियो । स्वास्थ्यमा अलि समस्या हुने वित्तकै चिकित्सकको सल्लाह लिई समयमै उपचार गराए खर्च पनि कम लाग्ने र स्वास्थ्यको जोखम पनि नहुने भएकोले गम्भिर प्रकृत्तिका समस्या उत्पन्न हुन सक्ने विरामीले स्वास्थ्यमा लापरवाही नगर्नुपर्ने परामर्ष दिइएको थियो ।
स्वास्थ्य शिविर सम्पन्न पश्चात सिम्रौनगढ नगरपालिका वडा नं. ७ का वडाध्यक्ष वडाध्यक्ष विवेक मेहताले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग पुर्‍याएका र विरामीहरुको स्वास्थ्य चेकजाँच पश्चात निःशुल्क औषधी समेत वितरण गर्ने स्पर्श मल्टिस्पेशलिटि हस्पिटलका संचालक एवं मेडिशिन विशेषज्ञ डा. महेश्वर कुर्मीलाई कदर पत्र सहित सम्मान समेत गरिएको हस्पिटलका प्रशासन प्रमुख सुनिल पटेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once