वीरगंज । पोखरिया युवा समाजले ३ जना गरिब तथा विपन्न परिवारका छोरीको विहेमा सहयोग गरेको छ । समाजले कन्या दान माहा दान अभियान अन्तर्गत खाद्यन्न सामग्री सहयोग गरेको हो ।
विभिन्न व्यक्ति तथा संस्थाहरुको सहगोमा खाद्यन्न समाग्री ४ बोरा चामल, ३ बोरा आलु, ३ टिना तेल, तीन टिना रिफाइन, ४५ किलो दाल, ३० किलो चिनी सहयोग गरिएको पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले वताए । छिपहमाई तथा पोखरिया नगरपालिकाका लेखापाल मन्दिप महतो, पोखरिया युवा समाज, मनोज चौहान, नौसाद आलम, त्रीलोक श्रीवास्त्व, बिकास रौनियार, बिपिन चौरसिया, दिनानाथ रौनियार लगायतको आर्थिक सहयोगमा खाद्यान्न सामग्री सहयोग गरिएको अध्यक्ष तात्वाले वताए ।
केही व्यक्तिहरुले गोप्य सहयोग समेत गरेको उनले जानकारी दिए । यस्ता सहयोगहरु तात्वाको अगुवाईमा पोखरिया युवा समाजले निरन्तर गर्दै आएको छ ।





