Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
17.1 C
Kathmandu

हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुःखद : ओली

spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको जिकिर गर्दै सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निणर्य गर्नु दुःखद् भएको बताएका हुन् ।
बिहीबार आफ्नो जन्मदिनको अवसरमा बालकोटस्थित निवासमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निणर्य गर्‍यो ।
त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा चाहिँ सही होइन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्‍यो ? भनी प्रश्न समेत गरे । उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए । ओलीले भने, ‘सरकारले किन त्यो गर्‍यो ? आकास्मिक रुपमा त्यो किन गर्नुपर्‍यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍यो ? त्यो मैले पनि बुझेको छैन । यसले सम्झिसम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई ।’
उनले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने भन्दै नेपाली जनतामा परस्परमा लडने/लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once