वीरगंज । पर्साकाे पाेखरियामा जारीमा कर्मचारी प्रिमियर लिगकाे तेस्राे दिनकाे खेल मंगलबार सम्पन्न भएकाे छ । सकसेस लाेकसेवा इन्सिटच्यूट वीरगंजकाे आयाेजनामा संचालित क्रिकेट प्रतियाेगिताकाे तेस्राे दिन ३ वटा खेल सम्पन्न भएकाे हाे । मंगलबार भएकाे पहिलाे खेलमा राष्ट्रिय वाणिज्य बैंक वीरगंज विजयी भएकाे आयाेजक संस्थाका नरेश सर्राफले वताए । वीरगंज महानगरपालिकालाई ७ विकेटले हराउँदै राष्ट्रिय वाणिज्य बैंक विजयी भएकाे सर्राफले जानकारी दिए ।
त्यसैगरी दाेस्राे खेलमा कालिकामाई गाउँपालिका विजयी भएकाे थियाे । पकहा मैनपुर गाउँपालिकालाई ३२ रनले हराउँदै कालिकामाई विजयी भएकाे जिराभवानी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए । त्यसैगरी तेस्राे खेलमा जगरनाथपुर गाउँपालिका विजयी भएकाे थियाे । पाेखरिया नगरपालिकालाई ३ विकेटले हराउँदै जगरनाथपुर विजयी भएकाे जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।
त्यसैगरी मंगलबार नै भएकाे चाैथाे खेलमा परवानीपुर गाउँपालिका विजयी भएकाे थियाे । जिराभवानी गाउँपालिकालाई ९ विकेटले हराउँदै परवानीपुर विजयी भएकाे परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना राैनियारले वताए । पाेखरियाकाे शेरा खेल मैदानमा जारी प्रतियाेगिताकाे सेमिफाइनलकाे लागि राष्ट्रिय वाणिज्य बैंक, कालिकामाई, जगरनाथपुर र पकहा मैनपुर गाउँपालिका छनाैट भएका छन् । शनिबार हुने सेमिफाइनल खेल राष्ट्रिय वाणिज्य बैंक र कालिकामाई गाउँपालिका बिच तथा जगरनाथपुर गाउँपालिका र पकहा मैनपुर गाउँपालिका बिच हुने आयाेजकले जनाएकाे छ ।
एक बैंक र ७ पालिका सहभागि प्रतियाेगिताकाे फाइनल खेल पनि फागुन १३ गते शनिबार नै हुने छ । प्रतियाेगिताबाट जिराभवानी गाउँपालिका, पाेखरिया नगरपालिका, वीरगंज महानगरपालिका र परवानीपुर गाउँपालिका बाहिरिएका छन् ।





