Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
18.1 C
Kathmandu

विकास निर्माणकाे काममा सांसद यादवको चासो, सडकको स्थलगत अनुगमन

spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले आफ्नो संसदीय क्षेत्रका विकास निर्माणका कामको बारेमा चासो लिएका छन् । नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले सोमवार वीरगञ्जका विभिन्न क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरुको स्थलगत अनुगमन गरेका हुन् ।
पर्साको क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्जको हरपतगञ्जदेखि मनियारी, ईटियाही, भवानीपुर हुँदै जगरनाथपुर नहरसम्म जोड्ने साढे ६ किलोमिटर सडक खण्डको सांसद यादवले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा सांसद यादवले सडक निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताउँदै गुणस्तरीय ढंगले लापरवाही नगरी निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सडक सञ्जालको निर्माणले नै विकासको ढोका खुल्ने हुने सांसद यादवको बुझाई छ । उनले भने, ‘सडकको बिकास भएपछि अरु कुराको स्वत विकास हुन्छ, सडक भनेको बाटो मात्रै हैन, विकासको पनि बाटो हो ।’
सडक बिकासको पहिलो आधार भएको बताउँदै उनले आफ्नो क्षेत्रलाई कच्ची सडक मुक्त क्षेत्र बनाउने दावी गरे । सो क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएकोमा खुशी व्यक्त गर्दै पूर्व मन्त्री यादवले सडक निर्माण भएपश्चात सो क्षेत्रका किसानहरुको उत्पादनले सहज रुपमा बजार पाउने बिश्वास व्यक्त गरेका छन् । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगतको सडक डिभिजन कार्यालय हेटौडाले सडकको निर्माण गर्न लागेको हो । करिब साढे ६ किलोमीटर लम्बाईको कालोपत्रे सडक पुष मशान्त २०८१ भित्र सम्पन्न गर्ने गरी २० करोड ५७ लाख २१ हजारमा हिम सगरमाथा जेभी वीरगञ्जले काम गरीरहेको छ ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्री भएको बेलामा ११ भदौमा यादवले नै उक्त सडकको शिलान्यास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once