Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
18.1 C
Kathmandu

मधानी महोत्सवको अन्तिम दिन कुस्ती प्रयोगित सम्पन्न

spot_img

वीरगंज, ८ फागुन । रौतहटको मौलापुरमा गत फागुन ५ गतेबाट सुरु भएको मधानी महोत्सव २०७९ को आइतबार समापन भएको छ ।मौलापुरस्थित पतौरामा रहेको प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य सहित मौलापुर नगरपालिकाद्वारा आयोजित महोत्सव सम्पन्न भएको हो ।
महोत्सवको अन्तिम दिन आइतबार अन्तर्राष्ट्रीय स्तरको दंगल तथा कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । कुस्ती प्रतियोगीतामा नेपाल–भारतका सुप्रसिद्ध खेलाड़ी एवं महिला पहलवानहरुको बेजोड़ प्रस्तुति रहेको थियो । महोत्सवले रौतहटको ऐतीहाँसीक शिव मन्दिरलाई धार्मिक तथा सांस्कृतीक रुपमा विश्वमाझ चिनाउने विश्वास लिइएको मौलापुर नगरपालीकाकी प्रमुख रिना कुमारी शाहले वताइन । यस अघि शनिबार महोत्सवमा भोजपुरी सीनेमाका सुपरस्टार पवन सिंह, काजल रागवानी, ख्यातीप्राप्त नेपाली गायीका एन्जिला रेग्मी लगायत सुप्रसिद्ध कलाकारहरुले सांस्कृतीक प्रस्तुती दिएका थिए । ३ दिन सम्म संचालन भएको महोत्सवले तराई–मधेश क्षेत्रको विभिन्न सम्पदाहरु तथा यहाँको प्राचीन एवं मौलिक अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा प्रबर्द्धन गर्न विशेष सहयोग पुग्ने विस्वास नगरप्रमुख साहले व्यक्त गरिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once