Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
18.1 C
Kathmandu

वीरगञ्जमा जन्ती र गाउँलेबिच झडप, ३ जना घाइते, १० जना प्रहरीको नियन्त्रणमा

spot_img

वीरगंज, ६ फागुन । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल र ३६ वर्षीय रामबहादुर पटेल झडपमा घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । झडपमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । रामगढवाकै १८ वर्षीय अर्जुन पटेल, राज पटेल, विकास पटेल, सिदु पटेल, आलोक पटेल, साजन पटेल, बाराको फेटा गाउँपालिका-१ बस्ने २६ वर्षीय अरविन्द पटेल, १९ वर्षीय मनु पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दस्पक गिरीले जानकारी दिए ।
सडक छेउमा मोटरसाइकल पार्किङ गरेको विषयमा विवाद भई झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । झडप भएको जानकारी पाएलगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरेकोले भागदौड मच्चिएको थियो । भाडदौडका क्रममा केही सर्वसाधारण पनि पक्राउ परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once