वीरगंज, ६ फागुन । भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा वीरगञ्ज पराजित भएको छ । बनेपा नगरपालिकालाई बिहान पराजित गर्दै विजयी यात्रा सुरु गरेको वीरगञ्जलाई आजै दिउँसो भएको दोस्रो खेलमा भक्तपुर ‘बी’ ले पराजित गरेको हो ।
वीरगञ्जलाई १३-१० को सेटमा पराजित गर्दै भक्तपुर ‘बी’ ले विजयी यात्रालाई निरन्तरता दिएको हो । शुक्रबार भएको उद्घाटन खेलमा भक्तपुरले कलैया उपमहानगरपालिकालाई पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो । वीरगञ्जलाई पराजित गरेसँगै भक्तपुर ’बी’ क्वाटरफाइनल प्रवेश गरेको छ । वीरगञ्जले आइतबार कलैयासँग प्रतिष्पर्धा गर्ने छ । वीरगञ्जलाई क्वाटरफाइनल प्रवेशका लागि कलैयालाई पराजित गर्नै पर्ने बाध्यता छ ।
कलैयासँग पराजित भए वीरगञ्ज प्रतियोगिताबाट बाहिरिने छ ।





