सखुवाप्रसौनीमा लेखा व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न

spot_img

वीरगंज, ५ फागुन । सृजनशिल शिक्षा विकास केन्द्रको आयोजनामा लेखा व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित श्री दीपनारायण आदर्शन माद्यामिक विद्यालयको सभाहलमा सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो ।
कृषि सहकारीका सदस्यहरुका लागि आयोजित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले तालिमको प्रभावकारीता बढाउनका लागि सिकेका कुरालाई आफुले पनि लागु गर्नुका साथै अरुलाई पनि सिकाउन आग्रह गरेका छन् । बढ्दो प्रविधिको विकाससँगै सबै क्षेत्र परिस्कृत हुनुपर्नेमा जोड दिँदै उनले सहकारीका कामहरुलाई प्रभावकारी बनाउन पनि प्रविधि र ज्ञानको विस्तार हुनुपर्ने आवश्यक्ता औँल्याए ।
तालिममा आय–ब्याय, चारखाता, हिसाब लेखा जोखा, खाता सुरक्षित, बिल, भरपाइ, बैकिङ्ग भौचर, कारोबार तथा सहकारी सुरक्षित र प्रभावकारी हुने विषयमा गणेश बहादुर ठकुरीले प्रशिक्षण दिएका थिए ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतोले जनशक्ति अब्बल भएमा मात्रै संस्था अब्बल हुने भएकाले क्षमता अभिवृद्धि सम्बन्धी तालिमलाई निरन्तरता दिनुपर्ने बताए ।
गाउँपालिकाका कृषि शाखा प्रमुख दयाराम वाग्लेले पनि कृषि सहकारीहरुले अन्य क्षेत्रमा लगानी गरेपनि कृषिको क्षेत्रलाई बढी प्राथमिकता दिन आग्रह गरे । तालिममा वडाभरीका सहकारीका सदस्यहरुको उपस्थिती रहेको सृजन शिल शिक्षा बिकास केन्द्रकी सहजकर्ता सुस्मिता चौधरीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once