Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
22.1 C
Kathmandu

गोतामे पत्रकारिता स्वणर्पदकबाट महिला पत्रकार झा पुरस्कृत

spot_img

वीरगंज, २ फागुन । पत्रकार गोपालचन्द्र गौत्तम प्रतिष्ठान वीरगंजले गोतामे पत्रकारिता स्वणर्पदकबाट महिला पत्रकार मनिका झालाई पुरस्कृत गरेकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ स्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा आयाेजिकत गोतामे पत्रकारिता स्वणर्पद वितरण समाराेहमा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पत्रकार झालाई एकतोलाको स्वणर्पदक प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रमाणपत्र, स्वर्गिय गोपालचन्द्र गौत्तमकी पत्नि शोभा गौत्तमले टिका, माला लगाइन भने प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले पत्रकार झालाई शल पहिर्‍याउनु भएको थियो ।
सो अवसरमा वाेल्दै नगरप्रमुख सिंहले पत्रकार गोपालचन्द्र गौत्तम वीरगंजको धरोहर भएको बताए । उनले पत्रकार गौत्तमको नाममा प्रतिष्ठानले पुरस्कारको आयोजना गर्दै आएकोमा प्रशंसा गर्दै उनको नाममा सडक र शालिक बनाउन सुझाए ।
नगर प्रमुख सिंहले प्रतिष्ठानका लागि दश लाख सहयोग गर्ने घोषणा पनि गरे । उनले वीरगंजको नाम देशभर फैलाउने सबैको नाममा वीरगंजमा म्युजियम बनाउने र उनिहरुको कृति नयाँ पुस्तालाई सुनाउने वातावरणको निर्माण गर्न महानगरले साथ र सहयोग गर्ने बताए । नगर प्रमुख सिंहले सत्य समाचार प्रकाशन गर्न पत्रकारहरुलाई सुझाए ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्व. पत्रकार गौत्तमको नाममा मोफसलमा रहेर विशिष्ठ पत्रकारिता गर्ने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएकोमा प्रतिष्ठानको प्रशंसा गरे ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले आर्थिक नगरीको रुपमा चिनिएको वीरगंजमा सङ्घले यहाँको पहिचान देशभर बनाउने व्यक्तित्वहरुको बारेमा केही गर्ने सोच बनाएको बताए ।
नेपाल पत्रकार महासङ्घका पुर्व उपाध्यक्ष महेश दासले वीरगंज कार्यक्षेत्र बनाएर पत्रकार गोतामेले पत्रकारिताको माध्यमबाट वीरगंजलाई देशभर चिनाउने कार्य गरेको बताए । प्रतिकुल समयमा पत्रकार गोतामेले कलम चलाएकोलाई चानचुने मान्न नसकिने बताए ।
पुरस्कृत व्यक्तित्व पत्रकार मनिका झाले पत्रकार गोपालचन्द्र गौत्तमको नामबाट स्थापित पुरस्कार प्राप्त गरेर आफुमा थप उर्जा आएको बताइन । उनले पत्रकारिताका लागि पतिले दिदै आएको साथ र सहयोग पनि सम्झिन । पत्रकारिता पेशा नै चुनौतीको विषय भएको र महिलाहरुलाई पुरुषको तुलना अझ बढी चुनौती रहेको उनले बताइन ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले स्वागत गर्दै पत्रकार गोतामेको सङ्घर्षपुण जीवनगाथाका बारेमा सहभागिहरुलाई अवगत गराएका थिए ।
प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्मालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, पूर्व अध्यक्ष शत्रुधन नेपाल लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे सहजीकरण प्रतिष्ठानका सदस्य प्रताप श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once