Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
22.1 C
Kathmandu

कलश यात्रामा सहभागी हुन जिल्लाबासीलाई नगर प्रमुख यादवको आग्रह

spot_img

बारा, २ फागुन । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. १ स्थित आयोजना हुन लागेको श्री गढीमाई धार्मिक महोत्सवको कलश यात्रामा सहभागी हुन जिल्लाबासीलाई नगर प्रमुख उपेन्द्र यादवले आग्रह गरेका छन् । फागुन २ गते बिहान ७ बजे देखि निस्किने कलश यात्रामा जिल्लाभरिकै श्रद्धालु भक्तजनहरुलाई सहभागी हुन आग्रह गरेका हुन् । महागढीमाई मन्दिरको प्राङ्गणबाट निकालिने कलश यात्रा भटीपुल, साहुटोल, गणेश चौक, मैनी टोल हुँदै थलही नदीबाट जल भरि बरियारपुर चौक भन्सिया टोल, बरियारपुर बजार, गायत्री चौक, दरबार टोल, संसारी माई मंन्दिर हुँदै गढीमाई मन्दिर नजिकै महोत्सव स्थलमा पुगी समापन हुने कार्यक्रम रहेको नगर प्रमुख यादवको भनाई छ ।
दानबीर दाताहरुमा अर्पण गरिने सम्मानको ब्यवस्था रहेकोछ । एक रुपैया देखि उन्नानसय रुपैयासम्म दान पेटिमा राखिने, १ सयदेखि ९ सय उन्नानसयसम्म दान गर्ने दाताको नाम धर्मखातामा उल्लेख गर्ने, एक हजार देखि दुई हजारसम्म दान गर्ने दातालाई फ्रेममा सम्मान पत्र र रुद्राक्ष माला प्रदान गर्ने, दुई हजार एक देखि पाँच हजार सम्मका दातालाई सादा फ्रेममा प्रमाण पत्र र रुद्राक्षक, त्यस्तै पाँच हजार एक देखि पचिस हजार सम्मका चन्दा दातालाई रामनमी सहित चान्दीको फ्रेममा सम्मान पत्र, पचीस हजार एक देखि पचास हजारसम्मका दातालाई चाँदीको फ्रेममा सम्मान पत्र र जगको अधिकार पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै पचास हजार एक देखि एक लाख सम्मका माथिको सबै सम्मान स्थानीय पत्रपत्रिका रेडियोबाट नाम प्रशारण गर्ने, एक लाख भन्दा माथिका दानबीरलाई माथिका सबै सम्मान र क्याम्पसको संस्थापक सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै दुई लाख भन्दा माथिका लागि सबै सम्मान स्थानीय बाजागाजाका साथ हात्तीमा नगर परिक्रमा, पाँच लाख भन्दा माथिका सबै सम्मान कुनै एक कोठा दाताको नामबाट शिलालेखमा नामाकारण गरि शालिक निर्माण गरिने, दस लाख भन्दा माथिको दान दाताको लागि परिवारको फोटो सहित नामावली शिलालेखमा डिजिटल बनाएर राख्ने, पन्द्र लाख भन्दा माथिका चन्दा दाताका लागि क्याम्पस बन्ने सभा हलका नाम दाताको नाम वा परिवारको नामबाट नामाकरण गर्ने, तुला दान भुमि दान दातालाई विशेष सम्मान हुने नगरप्रमुख यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once