Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
22.1 C
Kathmandu

अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जना हतियार सहित पक्राउ

spot_img

वीरगंज, २ फागुन । पर्सा प्रहरीले अपहरण गरि लुटपाट गर्ने गिरोहलाई हतियार सहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ६ रेल्वे सडक खण्डबाट पेस्तोल देखाइ अपहरण गरि एकान्त ठाउँमा लगि लुटपाट गर्ने गिरोहका ८ जना अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बस्ने ३४ वर्षीय विजय महतो, वीमनपा वडा नं. वडा नं. २ छपकैया निवासी ३० वर्षीय सद्दाम अन्सारी, वीउमनपाकै वडा नं.११ निवासी ३४ वर्षीय सतेष लामा, ४० वर्षीय रोशन थापा, ४२ वर्षीय मोजामिल मियाँ, बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी २६ वर्षीय मुकेश पटेल, परवानीपुर गाउँपालिका वडा नं. ३ लिपनी निवासी ३० वर्षीय नबाब हुसेन तथा भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल अहिरवाटोल – ७ निवासी २४ वर्षीय ईमाम अन्सारी रहेका छन् ।
निजहरुको साथबाट प्रहरीले पेस्तोल १ थान, सो मा प्रयोग हुने गोली ५ राउण्ड, मोटरसाइकल ३ थान तथा लुटिएको रकम ४ लाख ९५ हजार बजारमद गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
उनका अनुसार वीरगंज महानगरपालिका वडा नं.१५ भिष्वा स्थित एकान्त ठाउँमा लगि विशाल कुमार पटवाको साथमा रहेको नगद ६ लाख ५० हजार रूपैया डकैती भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा तत्कालै खटेको प्रहरीले पीडित बिशाल कुमार पटवालाई उद्दार गरि अपहरण तथा डकैतीमा संलग्न व्यक्तिहरूलाई खोजतलास जारी गरेको थियो ।
सोही क्रममा हालसम्म विजय महतो, मोजामिन मियाँ, सन्तोष लामा, सदाफ अन्सारी समेत ८ (आठ) जना पक्राउ गरिएको साथै सो काण्डमा प्रयोग गरिएको हतियार, गोली, मोटरसाइकल तथा लुटिएकोमध्ये नगद पनि बरामद गरिएको बताए । पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once