Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
26.1 C
Kathmandu

प्रदेश भरि मै खानेपानीकाे अभाव हुन दिन्नाैं : खानेपानी मन्त्री कलवार

spot_img

वीरगंज, २८ माघ । मधेश प्रदेशका खानेपानी तथा उर्जा मन्त्री सिंहासन साह कलवारले मधेश प्रदेशमा खानेपानीको अभाव हुन नदिन बताएका छन् । मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला पर्सा आएका मन्त्री कलवारले यस्ताे वताएका हुन् ।
पर्साका पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले मन्त्रालयबाट आफनो पालिकामा खानेपानीका लागी सहयोग गर्न मन्त्री कलवारसंग आग्रह गरेपछि जवाफ उनले पालिकामा मात्रै होईन पुरै मधेश प्रदेशमै अभाव हुननदिन वताए ।
पकहा मैनपुर गाउँपालिका वडा नम्बर ५ गदियानी पोखरीयाको उतरपटि सिक्टा नदिमा झुलुंगे पुल निमार्णका लागी पनि पहल गर्न अपिल गर्दा मन्त्री कलवारले आर्थिक बर्ष ०७८।०७९ को मेरो बजेटबाट गत भदौ महिनामा बजेट निकासा भईसकेकोले सो झुलुंगे पुल निमार्ण गराउन र थप केही बजेट कमी भए भौतिक मन्त्रालयसंग पहल गर्ने समेत आश्वाशन दिए ।
पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले मंत्री कलवारलाई गाम्छा ओढाई सम्मान समेत गरेका थिए ।
वीरगंजकाे राधेमाईस्थित मन्त्री कलवारकाे निवसामा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, पत्रकार छठु साह लगायतकाहरु समेत पुगेका थिए ।
यसै बिच मन्त्री भएपछि पहिलाे पटक गृह जिल्लाकाे सदमुकाम वीरगंज आएका कलवारलाई उनका पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् भने मन्त्री कलवारले वीरगंजकाे घण्टा‍घरस्थित सहिद स्मार्कमा पुगेर सहिदहरुकाे शालिक माल्यार्पण समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once