Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
26.1 C
Kathmandu

युवा नेता द्विवेदी र गुप्ता जनमत पार्टीमा प्रबेश, सिके राउतले गरे स्वागत

spot_img

वीरगंज, २४ माघ । जनमत पार्टी पर्साको आयोजनामा मंगलबार वीरगंजमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचानका आधा दर्जन उम्मेदवारहरु जनमत पार्टीमा प्रबेश गरेका छन् ।
पार्टीका केन्द्रिय अध्यक्ष सिके राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका निवर्तमान सभापति मुकेश द्विवेदी, रेडियो सम्रग मधेशका संचालक श्याम गुप्ता लगायतले पार्टी प्रबेश गरेको जनमत पार्टी पर्साका प्रवक्ता सिए अजय चौरसियाले जानकारी दिए । नव प्रबेशीहरुलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष सिके राउतले पार्टीको सदस्यता प्रदान गरी पार्टीमा प्रबेश गराएका थिए ।
जनमत पार्टीमा प्रबेश गरेका द्विवेदी गत प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पर्सा क्षेत्र नं. २ को (२) बाट स्वतन्त्र प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । त्यस अघि जनता समाजवादी पार्टीमा रहेका उनले सोही क्षेत्रबाट प्रदेश सभा टिकट माग्दा पार्टीले नदिएपछि स्वतन्त्र उम्मेदवार भएका थिए । यसैगरी जनमत पार्टीमा प्रबेश गरेका गुप्ता समेत पर्सा क्षेत्र नं. १ को (२) बाट स्वतन्त्र प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए ।
जनमत पार्टीका पर्सा इन्चार्ज श्याम शंकर चौरसियाको अध्यक्षतामा भएको पार्टी प्रबेश कार्यक्रममा पूर्व जिल्ला इन्चार्ज सुजित चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once