Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
26.1 C
Kathmandu

कराते संघको कार्यालय उद्घाटन एवं खेलाडीहरुलाई सम्मान

spot_img

कलैया, २४ माघ । सखि महिलाको साथि नामक संस्थाले मंगलबार बाराको फेटा गाउँपालिका वडा नं. १ भलुहीमा नेपाल एटिमी क्योकुसिन कराते संघ भलुहीको उदघाटन तथा खेलाडिहरुलाई सम्मान गरेको छ । भलुहीको बगैचा कटेजको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बारा जिल्ला क्षेत्र नं ४ (ख) का प्रदेश सभा सदस्य जितेन्द्र सोनलले सखि संस्थाको सहजीकरणमा संचालित नेपाल एटिमी क्युकोसिन कराते संघ भलुहीको उदघाटन तथा भारतको कोलकातामा भएको खेलमा विजयी भएका नेपाली खेलाडीहरुलाई सम्मान गर्नु भएको हो ।
सो अवसरमा प्रमुख अतिथि सोनलले कुनै पनि खेल आफ्नो लागि मात्र नभई समाज र राष्ट्रको लागि हुने भएको हुँदा खेलाडीहरुको मनोबल उच्च पार्न आफुले आफ्नो क्षेत्र अन्र्तगत पर्ने सम्पूर्ण पालिका र वडाहरुको लागि बजेट बिनियोजन गर्ने आश्वासन दिनु हुदै बाराका खेलाडीहरुले भारतमा क्युकोसिन कराते खेली विजयी भएकोमा बधाई दिदै यो खेल आत्मरक्षाको लागि महत्वपूर्ण मानिनेमा जोड दिए ।
सखि संस्थाद्धारा सञ्चालित नेपाल एटिमी क्योकुशिन कराँते संघ भलुहीका खेलाडीहरुले भारतको कोलकत्तामा भएको अल ईन्डिया सेकेन्ड ओयामा कप २०२३ मा जितेर आएका ६० केजी तोलको खेलमा तृतिय स्थान प्राप्त गरेका उमाकान्त ठाकुर, ५५ केजी तौल भएका तृतिया स्थान प्राप्त गरेका रोशन कुमार, ५५ केजी तौल भएका द्वितिय स्थान प्राप्त गरेका अनिश कुमार र ६० केजी तौल भएका प्रथम स्थान हासिल गरेका संजय कुमार गुप्तालाई प्रमुख अतिथि सोनल, विशिष्ट अतिथि फेटा गाउँपालिकाका प्रमुख रुसतम अली, उपप्रमुख निलम साह लगायतको शिल्ड, मेडल तथा गमछा ओढाई सम्मान गर्नु भएको थियो ।
सखि संस्थाका उपाध्यक्ष रेण्ुा कुमारी सिन्हाको सभाअध्यक्षतामा भएको कार्यक्रममा फेटा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष नरेश प्रसाद पटेल, वडा नं. ४ का वडाअध्यक्ष वकिल प्रसाद यादव, प्रसौनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष हिरदयनारायण साह, फेटा गाउँपालिकाका कार्यपालिका सदसय मदन साह, पूर्व वडाध्यक्ष जयप्रकाश दास, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटी, सञ्चारकर्मी उमेश कुमार दुबे, समाजसेवी एवं युवा नेता अनिल कुमार कुशवाहा, बृजकिशोर साह, मनोज साह, कलैया सटिी जेसिजका अध्यक्ष सुबास जयसवाल लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।
आयोजक संस्थाका राजेश कुशवाहाले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मनतव्य कार्यक्रम संयोजक बिक्की कुशवाहाले स्वागत मनव्य राखेका थिए । सो अवसरमा सहभागी खेलाडिहरुले आईस ब्रेक, बिकेट ब्रेक लगायतका आफ्ना कौसलता देखाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once