Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
26.1 C
Kathmandu

वीरगंजलाई पर्यटकीय शहर बनाउन लागि परेका छौ : मेयर सिंह

spot_img

वीरगंज, २३ माघ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न आफू लागि परेको बताउनुभएको छ । सोमबार वीरगञ्जमा आयोजित पर्यटन प्रवद्र्धन तथा पर्यटन सुरक्षामा सरोकारवाला निकायहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले यस्तो बताउनुभएको हो ।
उहाँले भारतीय पर्यटक भित्र्याउने गरी महानगरले काम गरिरहेको भन्दै त्यसमा सबैले साथ दिन आह्वान गर्नु भयो । ‘वीरगञ्जमा धेरै आउने भनेको भारतीय पर्यटक नै हो, यहाँका पर्यटन व्यवसायी पनि भारतीय पर्यटकको पर्खाइमै रहेका हुन्छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले पनि भारतीय पर्यटक बढी भित्रिउन भनेर निर्वाचित भएर आएसँगै भारतीय सवारीसँग लिने गरिएको सवारी कर हटाइदियौँ ।’ भारतीय सवारी सँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भए पनि भारतीय पर्यटकको आगमनले पर्यटनसँग आश्रित व्यवसायी र परिवारको घर चल्न ठूलो मद्दत मिलेको उहाँले बताउनुभयो ।
महानगरले माइस्थान मन्दिर सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उहाँले अब १५० वर्ष भन्दा बढी पुरानो नृसिंह पिपरा मठको पुननिर्माणमा आफूहरु लागि परेको पनि बताउनुभयो । आउँदो चैत्र सम्ममा वीरगञ्जको मुहार फेर्ने गरी काम गरिरहेको भन्दै त्यसका लागि सबैको साथको आवश्यकता रहेको पनि बताउनुभयो । सबैले आफ्नो ठाउँबाट काम गरे मात्रै वीरगञ्जलाई आर्थिक नगरीसँगै पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिनेमा उहाँको जोड थियो ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप काठमाण्डौको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायत होटल व्यवसायी तथा सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम होटल व्यवसायी संघका केन्द्रीय सचिव हरि पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once