Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

ठाकुरराममा निःशुल्क स्वास्थ्य परिक्षण

spot_img

वीरगंज, २२ माघ । भोट फर चेन्ज इन्डेपेन्डेन्ट स्टुडेन्ट युनियनको आयोजनामा आइतबार ठाकुर राम बहुमुखि क्याम्पस वीरगंजमा आँखा, नाक, कान र खाँटीको निशुल्क परिक्षण गरिएको छ ।
किरण आँखा अस्पतालको सहयोगमा भएको कार्यक्रममा १५० छात्रासहित ४ सय जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ठाकुर राम क्याम्पसका विद्यार्थी नेता जितेन्द्र मिश्राले जानकारी दिए । क्लेज परिसरमा भएको कार्यक्रममा डा.अमर क्याल, डा.बन्दना क्याल, डा. सलिजा नन्द भुरेल, डा.पवन यादव र डा. बिबेक कुमार यादवले क्लेजका विद्यार्थी तथा कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरेको मिश्राले वताए ।
स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन ठाकुर राम क्याम्पसका निर्वतमान स्ववियु सभापति मुकेश दुबेदीले गरेका थिए । उद्घाटन कार्यक्रममा उमा शंकार गुप्ता, कृष्णा पासवान,आलमगिर अन्सारी, अनिश पटेल, किरण यादव, मुराज आलम, सन्तोष साह, मुना साह, सन्तोष केसरी, गोपाल पास्वान, मनिश यादव, गौतम यादव, अफ्रोज आलम लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once