Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

वीरगंजको ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

spot_img

वीरगंज, २२ माघ । प्रहरीले वीरगंजको ट्रायल सेन्टरबाट २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–२४ रामगढवा निवासी २० वर्षीय सर्दुन अन्सारी रहेका छन् ।
उनले पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी ३६ वर्षीय निजामोद्दीन अन्सारीको लिखित परिक्षाको लागी कृते हाजिरी गरेकोमा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता निर्मल बुढाथोकीले जानकारी दिए । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once