वीरगंज, २१ माघ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको आठौँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य हो’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै रक्तदान पुण्यको काम भएको बताए । हामीले दिएको रगतले कसैको जीवन बच्ने बताउँदै रक्तदान जस्तो पुण्य काममा सरिक हुन उनले आग्रह गरेका छन् । सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासुदेव सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, नेकपा एमालेका केन्द्रीय सदस्य अर्विन्द सिंह, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई लगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र समेत प्रदा नगरिएको थियो भने सामुदायिक सेवा केन्द्रका पदाधिकारी एवम् सदस्यहरुलाई प्रसंशा पत्र प्रदा नगरिएको थियो ।





