Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खोजेको कांग्रेस महामन्त्री थापाको टिप्पणी

spot_img

कलैया, २१ माघ । नेकपा एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खोजेको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले टिप्पणी गरेका छन् । एमालेका नेताले खल्तीबाट निकालेका पात्रलाई राष्ट्रपति बनाउन खोजेको टिप्पणी गर्दै उनले त्यसो भएमा देश दुर्घटनामा जाने दावी गरे । बाराको कलैजामा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेका केही नेताले खल्तीबाट निकालेका पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र जोखिममा पर्ने बताए ।
खल्तीका पात्रलाई बनाएका राष्ट्रपति संवैधानिक नभई विद्यानविपरित हुने थापाको बुझाई छ । विगतको अभ्यासले नै पुष्टि गरीसकेको बताउँदै उनले भने, ‘मैले प्रधानमन्त्रीलाई भेटेर नै एमालेका नेताले खल्तीबाट निकालेका नबनाई राष्ट्रपतिका लागि संयम हुन आग्रह गरेको छु ।’ राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेपनि कांग्रेसले सफल हुन नदिने थापाको अडान छ । एकपटक सरकारमा समावेश नहुँदैमा कांग्रेस पार्टी सकियो भन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले पार्टीलाई अझै मजबुत र बलियो बनाउने तथा संगठनको सुदृढ गर्ने अवसरको रुपमा लिन आग्रह गरेका छन् ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले वर्तमान सरकार सन्चारमैत्री नभएको आरोप लगाए । सरकार सुचनाको हकलाई नै कुण्ठित गर्ने प्रयासमा लागेको बताउँदै उनले त्यसका विरुद्ध प्रेस युनियन सडक आन्दोलनमा उत्रिने चेतावनी दिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा भएको उद्घाटन सत्रलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पौडेल, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, गुरुराज घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once