Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

मालपोत कार्यालय प्रमुख सहित ६ जना विरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

spot_img

वीरगंज, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको युवा स्पोर्टस् क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले कायम गरेको आरोपमा छ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भूमि, सुधार तथा मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख कमोदकुमार तिवारीसहित ६ जनाले साविक बेल्वा गाविस वडा नम्बर ८ कित्ता नम्बर २७० को बिगा ०–१–५–० जग्गाधनी युवा स्पोर्टस् क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भएको सम्बन्धमा अनुसन्धानका लागि उजुरी परेको थियो ।
आयोगका प्रवक्ता श्यामप्रसाद घिमिरेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा तत्कालीन कार्यालय प्रमुख तिवारीसहित नायब सुब्बा शम्भु साह रौनियार र खरिदार शिवप्रकाश साह तेलीले गलत निर्णयलाई ढाकछोप गर्नका लागि मोठ च्यातिएको आरोप लागेको छ । यस्तै, सो कार्यालयका तत्कालीन खरिदार रिन्ता कुमारीविरुद्व सरकारी कागजात नोक्सान गरेको कसूर लागेको हो ।
आयोगका अनुसार पर्साका वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का शेष सफि अहमदविरुद्व गलत लिखत तयार गरेको र शेष साजिद एकबालविरुद्व पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once