Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

बैंक अकाउन्ट ह्याक गर्ने पर्साका चारजना सहित ८ जना पक्राउ

spot_img

वीरगंज, २० माघ । प्रहरीले ‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार ठगी आरोपमा पक्राउ परेका आठ जनालाई शुक्रबार सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत पनि रहेका छन् । प्रहरीका अनुसार उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए । उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए । जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे ।
उनीहरूले इ–वालेटबाट विभिन्रुन बैंक खातामा पठाएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसमा विस्तृत अनुसन्धान गर्न बाँकी नै रहेको र उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट बैंकिङ कसूरमा म्याद थप गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once