Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

मधेश प्रदेशको खानेपानी तथा ऊर्जामन्त्रीमा कलवार नियुक्त

spot_img

वीरगंज, २० माघ । मधेश प्रदेशको खानेपानी तथा ऊर्जा विकासमन्त्रीमा सिंगासन साह कलवार नियूक्त भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट निर्वाचन प्रदेशसभा सदस्य कलवारलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खानेपानी तथा ऊर्जा मन्त्रीमा नियुक्त गरेका हुन् ।
कलवारले शुक्रबार शपथ ग्रहण पनि गरेका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । कलवार भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ बाट दोस्रो कार्यकालका लागि पर्सा–४(ख) बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) को उम्मेदवार बनेर दोस्रो कार्यकालका लागि निर्वाचन भएका थिए ।
कलवारसँगै मधेर्ष प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीमा महेशप्रसाद यादव, सामाजिक विकास मन्त्रीमा सुरीता कुमारी साह, गृह तथा सञ्चार मन्त्रीमा सत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा मोहम्मद जयद आलम, सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा सञ्रुजयकुमार यादव नियुक्त भएका छन् ।
नवनियूक्त सम्पूर्ण मन्त्रीहरुले आजै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले सरोजकुमार यादवलाई भौतिक, पूर्वाधार विकास मन्त्री, सञ्रुजयकुमार यादवलाई अर्थ मन्त्री र बसन्तकुमार कुशवाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once