Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

बिल बिजक भन्दा बढि सामान बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

spot_img

वीरगंज, १९ माघ । पर्सा प्रहरीले बिल विजक भन्दा बढि विभिन्न खुद्रा तथा लत्ताकपडा बोकेको २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर तथा सशत्र प्रहरी बल पर्साबाट खटिएको संयुक्त टोलीले बिल बिजक भन्दा बढि खुद्रा तथा लत्ताकपडाहरु लोड रहेको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नंं २५ चण्डालचोक स्थित सडक खण्डबाट बि.आर. ०५ जि.सि. ४०७१, तथा बि.आर. ०५ जि.ए. ४३३४ नम्बरको बिल बिजक बढि सामान बोकेको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार ट्याक्टरलाई रोकी चेकजाँच गर्दा बिज बिजक शंकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रु. २४ लाख बराबरको ट्याक्टर र सो भित्र लोड रहेको सामानहरुलाई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once