Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

रवि लामिछानेको पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

spot_img

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्।

निवेदनमा अवैधानिक नागरिकता पेश गरेर लामिछानेको अध्यक्षतामा आयोगमा दल दर्ता गरेको भन्दै कानुनसम्मत दल अवैधानिक रहेको कारण देखाउँदै दल खारेज गर्न माग गरिएको छ । आयोगमा २०७९ असार १७ गते लामिछानेको अध्यक्षतामा दल दर्ता गरिएको थियो।

साथै, दल दर्ता गर्दा लामिछानेले पेश गरेको नागरिकता कानुनसम्मत नरहेकाले लामिछानेको अध्यक्षतामा बसेर खोलिएको दल, हस्ताक्षर सबै अवैधानिक रहेको पनि उजुरी पत्रमा लेखिएको छ।

दल दर्तापश्चात् निर्वाचनमा भाग लिई रास्वपाले राम्रो सिटसहित राष्ट्रिय दलको पनि मान्यता पायो । लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा सहभागी पनि भए । तर, सर्वोच्च अदालतको इजलासले माघ १३ गते नागरिकता मुद्धा विवादमा लामिछानेलाई दोषी ठहर गरेसँगै पार्टी सभापति, सांसद र मन्त्री पद सबै गुमेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once