Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
25.1 C
Kathmandu

साझेदारी वन व्यवस्थापन समितिको बैठकबाट विभिन्न समिति गठन

spot_img

वीरगंज, १६ माघ । पर्साको गाद्दीमाई साझेदारी वन व्यवस्थापन समितिको बैठकले चारवटा महत्वपूर्ण निर्णय गरेको छ । समितिका संयोजक कृष्णमोहन प्रसाद यादवको सभापतित्वमा बसेको बैठकले साझेदारी वन व्यवस्थापन अन्तर्गतका क्षेत्रहरुको गाउँपालिका, नगरपालिका अन्तर्गतको वडा प्रतिनिधि सदस्य छनौट गर्नको लागि ९ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
जसको अध्यक्षमा कृष्णमोहन यादव, सहरुम राउत गद्दी, छठु साह, बसन्ती देवी थरुनी, विभ्लव कुमार पटेल, महम्मद समिम गद्दी, सुमन पाण्डे, सुरज प्रसाद यादव र डिभिजन वन कार्यालय पर्साको एकजना प्रतिनिधि रहने गरि ९ सदस्यीय समिति गठन गरेको हो । साझेदारी वन व्यवस्थापन समूहको खाता संचालन गर्ने पनि निर्णय गरिएको छ । साथै गाद्दीमाई साझेदारी वन व्यवस्थापन समूहको कार्यालय संचालन गर्न बसन्तपुर सव डिभिजन वन कार्यालय पर्साको भवनमा व्यवस्थापन गर्ने सर्वसहमतिबाट निर्णय गरेको छ ।
उक्त बैठकले वन व्यवस्थापन समूहको वडा प्रतिनिधि छनौट गर्नको लागि आवश्यक खर्च डिभिजन वन कार्यालय पर्साबाट मात्र गर्ने सहमति गरेको छ । गाद्दीमाई साझेदारी वन व्यवस्थापन समूह पर्सा अन्तर्गत पर्ने सम्पूर्ण वन क्षेत्रको संरक्षण गर्न आलोपालो समय मिलाई टुर गस्ती गरि वन संरक्षण गर्ने समेत निर्णय गरिएको साझेदारी वन व्यवस्थापन समूहका सदस्य विभ्लव पटेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once