Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
25.1 C
Kathmandu

नर्सिङ क्याम्पसलाई मेडिकल कलेजको रुपमा रुपान्तरण गर्न जरुरी छ : मेयर सिंह

spot_img

वीरगंज, १६ माघ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्ज नर्सिङ क्याम्पसलाई छुट्टै मेडिकल कलेजको रुपमा रुपान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
क्याम्पसको ४७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि सबैको साथ रहे महानगरले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बजेट नआउँदा अहिले भएको संरचना जोगाउन पनि मुस्किल देखिएको भन्दै उहाँले क्याम्पसले सहयोग गरे महानगर नेतृत्व लिन तयार रहेको बताउनुभयो ।
अहिले वर्षायाममा क्याम्पस क्षेत्र डुबानमा पर्ने गरेको जानकारी पाएको भन्दै उहाँले आउँदो आर्थिक वर्षमा क्याम्पस डुबानको समस्या समाधान हुने गरी आवश्यक काम गर्ने पनि बताउनुभयो । क्याम्पसले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य लालबाबु राउत गद्दी, महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, ठाकुरराम बहुमुखि क्याम्पस वीरगञ्जका उमेश प्रसाद चौरसिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चितरन्जन साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नर्सिङ क्याम्पस प्रमुख जमुना भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once