Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंज महानगरका उप-प्रमुख आलम तथा ने.वि.संघ पर्साका पुर्व अध्यक्ष तिवारी द्वारा नेपाली कांग्रेसका सभापति देउवा सँग भेटघाट

spot_img

• राहुल गुप्ता
वीरगंज (पर्सा), १० माघ । पर्सा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम तथा नेपाल विधार्थी संघ पर्साका पुर्व अध्यक्ष विकास तिवारी द्वारा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग भेटघाट गरेका छन्। भेटघाटको क्रममा नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा सँग वीरगंज महानगरपालिकाका उप-प्रमुख तथा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले स्थानिय चुनावको बारेमा चर्चा परिचर्चा गरेका थिए साथै संघ र प्रदेशको चुनावको बारेमा पनि चर्चा परिचर्चा गरेका थिए। त्यसतै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सँग नेपाल बिधार्थी संघ पर्साका पुर्व अध्यक्ष विकास तिवारीले आइरहेको स्ववियु निर्वाचनको बारेमा चर्चा परिचर्चा गरेका हुन् तथा कसरी नेपाल विद्यार्थी संघ स्ववियुको निर्वाचनमा जित हात पार्न सफल हुन्छ त्यसको बारेमा चर्चा परिचर्चा गरेका थिए। साथै भेटघाट कै क्रममा नेपाली कांग्रेसका सभापति तथा पुर्ब-प्रधानमन्त्री शेर बहादुर देउवा का स्वकिय सचिव तथा नेपाली कांग्रेसका युवा नेता भानु देउवा सङ समसामायिक राजनितिक बिषयमा छलफल भएको थियो। त्यसतै भेटघाटको क्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापती तथा प्रभावसाली नेता माननीय सांसद दुर्लभ थापा सँग वीरगंज महानगरका उप- प्रमुख तथा नेपाली कांग्रे पर्साका सचिव इम्तियाज आलम बिच समसामायिक राजनितिक विषयमा छलफल भएको थियो साथै उक्त छलफलमा नेपाली कांग्रेस पर्साका जिल्ला सह-सचिव नवीन रौतहटका जिल्ला सह-सचिव फिरोज आलम लगायत पर्साका नेपाली कांग्रेसका युवा नेताहरुको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once