Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
20.1 C
Kathmandu

विमान दुर्घटनाका मृतकहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

spot_img

• मानिकचन साह
बारा, ०२ माघ । काठमाडौबाट पोखराको लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ। सोमबार साँझ क्यान बाराको आयोजनामा कलैयाको भरतचौकमा क्यान बाराका पदाधिकारी तथा सदस्यहरुद्धारा दिप प्रज्वलित गरी मृतकप्रति श्रद्धाञ्जलि दिइयो। क्यान बाराका अध्यक्ष संजय केशरीले सम्पूर्ण क्यानका सदस्यहरुको तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वाथ्य लाभको कामना गरे। दुर्घटनाको छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक हुनुपर्ने माग गरे। यस्तो दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ । काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो । क्यानद्वारा आयोजित दिप प्रज्वलन कार्यक्रमा क्यान बाराका अध्यक्ष संजय केशरी, पुर्व अध्यक्ष गणेश ठाकुर, उपाध्यक्ष अरुण कुमार साह, सचिव बिनोद साह, सह सचिव सुरेश यादव सदस्य पवन कुमार कुश्वाहा, लक्षमण चौधरी, अनिल चौरसिया, राजन केशरी, सर्वेश यादव लगायत क्यान बाराका साधरण सद्स्यहरुको उपस्थिति रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once