Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
20.1 C
Kathmandu

सार्क पत्रकार सम्मेलन २०२३ को दिल्ली घोषणापत्र

spot_img

दिल्ली । पत्रकारिता र आमसञ्चारका सबै सार्व भौमिक मूल्य मान्यता, आचार संहिता र सिद्धान्तहरूको सम्मान गर्दै सञ्चार माध्यमबाट प्रवाहित हुने सबै सन्देशलाई आवाज विहीनको आवाज बनाउँदै प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि अनन्त प्रतिबद्धतालाई दोहोर्याउने हृदयदेखि प्रतिबद्धता व्यक्त गर्दछौं ।    त्यस्तै सम्मेलनले पारित गरेका सात बुँदे घोषणापत्र निम्न बमोजिम रहेका छन् । * प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई हरेक पक्षमा सुनिश्चित गर्न सार्क क्षेत्रका सबै सरकारलाई यो सम्मेलन आग्रह गर्दछ । * पत्रकारहरुको पेशागत सन्तुष्टि र सुरक्षा सुनिश्चित गर्न सार्क राष्ट्रका सबै सरकारहरुलाई यो सम्मेलन आग्रह गर्दछ । * पत्रकारको अधिकारको सम्मान गर्न र आफूले प्रकाशन गर्न चाहेको सञ्चारमाध्यमका लागि सूचना सङ्कलन र सम्प्रेषण गर्न सबैलाई यो सम्मेलन अपिल गर्दछ । * यो सम्मेलन सार्क क्षेत्रका सबै देशहरूमा उदाउँदो आमसञ्चार र पत्रकारिता उद्योगलाई राज्यको चौथो स्तम्भको रूपमा स्थापना गर्न माग गर्दछ। * यो सम्मेलन सार्क देशका सबै कर्पोरेट एजेन्सीहरूलाई मूल्य, मान्यता र नैतिकताका साथ काम गर्न आग्रह गर्दछ।  * सामाजिक परिवर्तनका लागि जनमत र स्वाधीनतासहितको राष्ट्र निर्माणको चिन्तन विकास गर्न यो सम्मेलन सबै पक्षलाई अपिल हार्दिक गर्दछ । * यो सम्मेलन विकास, प्रगति र स्थायित्वका लागि सार्क राष्ट्रका सबै सरकारहरूलाई यस क्षेत्रमा दिगो शान्ति कायम गर्न आग्रह गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once