Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
20.1 C
Kathmandu

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज वार्ड नं १ मा‌ कम्बल वितरण

spot_img

• राहुल गुप्ता
वीरगंज (पर्सा), ३० पुस । पर्सा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा द्वारा कम्बल वितरण गरिएको छ। वीरगंज महानगरपालिका वडा नं १ दलित टोलमा अतिविपन्न गरिब परिवारहरु लाइ‌ आज एक कार्यक्रम का बिच बढदै गएको जाडो बाट बचन को निमित्त कम्बल वितरण गरिएको छ। कम्बल वितरण कार्यक्रम का प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलमले भने बढदै गरेको जाडोको मध्य नजर गर्दै नयोनो कपडा लगाइ बाहिर निस्कन र बालबालिका लाइ जाडो बाट बचाउन तर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो। कम्बल वितरण कार्यक्रम वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथि तथा सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष ग्यासुदिन ठकुराई को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रसासन कार्यालय पर्सा का सहायक प्रमुख जिल्ला अधिकारी महेश राज तिमल्सिना, वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज कुर्मी, जिल्ला प्रहरी कार्यालय पर्सा का सहायक प्रहरी उपरीक्षक निर्मल बुढाथोकी,बिर्ता वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल लगायत अतिथिहरु तथा स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once