Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
spot_img
20.1 C
Kathmandu

वीरगंज महानगर का उप प्रमुख इम्तियाज आलमले मुलुकको विकासका लागि युवाउद्यमशीलताको आवश्यकता रहेको बताए

spot_img

• राहुल गुप्ता
वीरगंज (पर्सा), ३० पुस । वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताउनुभएको छ । वीरगंज महानगरपालिका स्थित इन्प्रोभीगं वीरगंज द्वारा वीरगंजका छात्रछात्राहरुको लागि Run for charity दौड प्रतियोगिताको शुभारम्भ गर्दै वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले छात्रछात्राहरुलाई सिर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए साथै महानगरवाट छात्रछात्राहरुको लागि लक्षित कार्यक्रम लयाउने बताउनु भयो। युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उहाँले छात्रछात्राहरुको पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उप-प्रमुख आलमले देश विकासको अभियानमा छात्रछात्राहरुलाई पहिला देखिनै सीप तथा क्षमता उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रम वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यता आयोजनामा गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, कार्यपालिका सदस्य कोनिका कौसिक, युवा नेता दिलिप कार्की लगायत स्थानीय युवा तथा अतिथिहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once