Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
25.1 C
Kathmandu

श्रोत नखुलेको १२ लाख रुपैया सहित हुण्डी करोबारी प्रकाउ

spot_img

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २६ पुस / पर्सा प्रहरीले श्रोत नखुलेको १२ लाख २० हजार रुपैया सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १७ निवासी १९ वर्षीय राजन कुमार साह रहेका छन् ।
विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया स्थित सडकखण्डमा बिआर ०५ एई ३५५६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा राजनले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र १२ लाख २० हजार फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
अभियुक्तलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्को कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको डिएसपी गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once