नव निर्बाचित प्रदेश सभा सदस्य रहबर र प्रचण्डबीच भेटवार्ता अन्सारी मुख्यमन्त्री बन्ने प्रवल सम्भावना

spot_img

वीरगञ्ज, १२ मंसिर

नव निर्बाचित प्रदेश सभा सदस्य रहबर अन्सारी र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटघाट र छलफल भएको छ ।काठमाडौंमा दुबै जनाबीच भएको भेटको क्रममा प्रचण्डले अन्सारीलाई बिजयी भएकोमा शुभकामना दिएका थिए । अन्सारी र प्रचण्डबीच कार्यभारलाई सफलतापुर्वक सम्पन्न गर्ने संकल्प व्यक्त गर्दै भविष्यको कार्ययोजना बारे छलफल समेत भएको थियो ।

सो भेटवार्ताको क्रममा अंन्सारीलाई मधेश प्रदेशको संसदीय दलको नेताको जिम्मेवारी पाउने प्रवल सम्भावना रहेको भेटघाटको क्रममा सहभागी रहेको एक नेताले बताए। संसदीय दलको नेतामा अंन्सारी चयन भएपछि मुख्यमन्त्री बन्ने लगभग पक्का पक्की रहेको जनाएको छ। गत मँसिर ४ गते सम्पन्न भएको निर्बाचनमा नेकपा माओबादी केन्द्रबाट उम्मेदवार भई अन्सारी पर्सा प्रदेश सभा सदस्य निर्बाचन क्षेत्र नम्बर १ को १ बाट बिजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once