Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

नेता चौरसियाको भेटघाट कार्यक्रम सम्पन्न मतदाता भन्छन् चौरसियाको जित सुनिश्चित छ’

spot_img

वीरगञ्ज, २७ कार्तिक

पर्सा क्षेत्र नम्बर २ बाट बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा सदस्य पदका साझाँ उम्मेदवार नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा चुनावी प्रचार-प्रसार को क्रमा कुमारी माई मन्दिर नजिकै आयोजना गरिएको कार्यक्रममा मतदाताहरुसँग भेटघाट गरेका छन् । मंसिर ४ गतेको निर्वाचन नजिकिदै जाँदा घरदैलो अभियानलाई तिव्रता दिँदै पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौरसिया वीरगन्जको वडा नं १० का मतदाताहरु माझ पुगेका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट पर्सा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौरसियाले चुनावी प्रचार प्रसार तथा घरदैलोको क्रममा मतदातासँग बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अजय कुमार चौरसियाले भने मधेश र मधेशी जनतालाई बचाउनका लागि कांग्रेसमा भोट दिन आग्रह गरेका छन् । सँधै जनताकै सेवामा सक्रिय रहेको हुँदा यस क्षेत्रका लागि चौरसिया नै योग्य उम्मेदवार भएको वीरगञ्ज महानगरपालिका वडा नं १० का मतदाताको प्रतिक्रिया दिएका छन् । सो कार्यक्रममा क्षेत्र नं २ (ख) का प्रतिनिधिसभा सदस्य पदका रमेश प्रसाद कुर्मीको पनि मतदाता भेटघाट कार्यक्रम सहभागिता रहेको थियो।

चौरसिया लाई पाँच दलीय गठबन्धनको साथ भएको हुँदा उनको जित सुनिश्चित भएको स्थानीय जनताहरूको भनाई रहेको थियो ।त्यसतै सो कार्यक्रममा पुर्व उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा,वडा नं १० का पुर्व वडा अध्यक्ष रामनगिना साह, वडा नं २४ का दसरथ कुर्मी, क्षेत्र नं २का क्षेत्रीय सभापति महमद सहाबुदिन, लगायत बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता हरुको उलेख्निय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once