Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

विश्रामपुर गा. पा.मतदाताले भने, पुर्व मन्त्री सोनलको जित सुनिश्चित छ’

spot_img

बारा, २५ कार्तिक

बारा क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार जितेन्द्र सोनलले विश्रामपुर गा. पा. का वडा नम्बर १,२ मा चुनावी प्रचार प्रसार एवम् मतदातासँग भेटघाट गरेका छन् । मंसिर ४ गतेको निर्वाचन नजिकिदै जाँदा घरदैलो अभियानलाई तिव्रता दिँदै पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार सोनल घरदैलो अभियान लाई निरन्तर दिदै विश्रामपुर गा. पा. का वडा नम्बर १,२ पुगेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट बारा २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार पुर्व मन्त्री सोनलले विश्रामपुर गा. पा. का वडा नम्बर १,२ पुगि मतदातासँग मत मागेका छन् ।

साइकल छापमा मतदान गरेर आफुलाई भारी मतले विजयी बनाउन उनले आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारलाई निरन्तरता दिँदै सोनलले आफुले यसअघिको कार्यकालमा गरेका कामको मूल्यांकन गरेर मतदान गर्न मतदातासँग अपिल गरेका छन् । सँधै जनताकै सेवामा सक्रिय रहेको हुँदा यस क्षेत्रका लागि कुर्मी नै योग्य उम्मेदवार भएको सिसोबारीका मतदाताको प्रतिक्रिया छ । पुर्व मन्त्री जितेन्द्र सोनललाई पाँच दलीय गठबन्धनको साथ भएको हुँदा उनको जित सुनिश्चित भएको उनीहरुको भनाई थियो । सो चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता हरुको उलेख्निय सहभागिता रहेको लोसपाका युवा नेता रमेश सरार्फले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once