मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रति जनसमर्थन बढदै

spot_img

वीरगञ्ज, २२ कार्तिक

जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर १ (ख)का प्रदेशसभा सदस्यका उम्मेदवार एवम् मुख्यमन्त्री लालबाबु राउत गद्दीले आज वीरगञ्ज महानगरपालिका वडा नं १२का मतदाताहरुसँगको भेटघाट र घरदैलो कार्यक्रम गरेका छन् आज बिहान गद्दीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा घरदैलो तथा चुनावी प्रचार प्रसार गर्दै मतदातासँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा मुख्यमन्त्री गद्दीलाई स्थानीयहरुले ठाउँठाउँमा फुलमाला लगाएर स्वागत गर्दै शुभकामना दिएका थिए ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीले सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरे । उनले नेतृत्वमा रहेर जनताको दुःखसुखमा काम लाग्ने, जनताको सेवामा निरन्तर खट्ने र विकास निर्माणको कामलाई प्राथमिकता दिने उम्मेदवारलाई चुनेर संसद्मा पठाउन मतदाताहरुसँग अपिल गर्दै छाता छापमा मतदान गर्न आग्रह गरेका छन् ।

उनले सत्ताधारी गठबन्धन भ्रष्टचारी र राष्ट्रघाती भएको आरोप लगाउँदै मूलुकको स्वाधिनता जोगाउन जसपा–एमालेको पवित्र गठबन्धनलाई मतदान गर्न आग्रह गरे । सो घरदैलो कार्यक्रम तथा चुनावी प्रचार प्रसारमा जसपा तथा नेकपा एमालेका नेताहरुले जसपा–एमाले गठबन्धन जिन्दावाद, लालबाबु राउत गद्दी जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ जस्ता नारा लगाएका जसपा महानगर अध्यक्ष इश्वर चन्द्र यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once