वीरगंज महानगरपालिका : अतिक्रमित संरचना भत्काउने कार्य शुरु

spot_img

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २१ कात्तिक / वीरगंज महानगरपालिकाले अतिक्रति संरचना भत्काउन नाप नक्सा गरि भत्काउने कार्य शुरु गरेको छ । अतिक्रमित जग्गा हटाउने वीरगंज महानगरपालिकाले ३५ दिने सूचना जारी गरेपनि सूचनालाई अटेरी गरि अतिक्रमित संरचना नहटाउनेहरुको घर नाप नक्सा गरि अतिक्रमित संरचना भत्काउने कार्य शुरु गरिएको हो । महानरपालिका भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण गरि निजी जग्गासँगै जोडी संचरना निर्माण गर्नेहरुको अतिक्रमित संरचना हटाउने कार्य शुरु गरिएको हो । गत साउन मसान्तमा वीरगंज महानगरपालिकाले असोज २५ गतेसम्म आफ्नो घरको नाप नक्सा सहित सबुत प्रमाण लिएर उपस्थित हुन आग्रह गरेपनि उक्त सूचनालाई अटेरी गरि नक्सा नल्याएको तथा अतिक्रमित जग्गा खाली नगरेको कारण सोमबारदेखि नाप नक्सा गरि अतिक्रमित जग्गा खाली गराउने कार्य शुरु गरिएको वीरगंज महानगरपालिकाका नक्सा शाखा प्रमुख रामसेवक महतोले जानकारी दिए ।
वीरगंज महानगरपालिकाले गत साउन मसान्तमा ३५ दिने सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत पर्ने १ नम्बर मेनरोड उत्तर गण्डक चोकदेखि पावरहाउस चोक, घण्टाघर, माइस्थान, महावीरस्थान, आदर्शनगर, अलखियामठ मन्दिर, वीर्ता मन्दिर, सिगरेट फ्याक्टूी गेट, नारायणी अस्पताल, वीरगंज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म रोडका दायाँ बायाँ निर्माण भएका घरहरुको नक्सा स्वीकृत भए नभएको प्रमाण लिई ३५ दिन भित्र महानगरपालिकामा सम्पर्क गर्न भनेको थियो । त्यस पश्चात पनि कसैले महानगरपालिकामा सम्पर्क नगरेपछि आइबार २४ घण्टे अलिटमेटम पनि दिइएको थियो । त्यस पश्चात पनि कसैले वास्ता नगरेपछि सोमबारदेखि अतिक्रमित संरचना हटाउने कार्य शुरु गरिएको नक्सा प्रमुख महतोको भनाई छ ।
वीरगंज अलिखिया मठ स्थित निर्माण गरिएको चिल्डूेन पार्कको जग्गा पनि अतिक्रमण गरिएकोले खाली गराउने कार्य त्यहीबाट शुरुवात गरिएको महतोको भनाई छ । पार्कको ४ विगहा जग्गा मध्ये १८ कठ्ठामा मात्रै पार्क निर्माण भएको तथा अन्य जग्गाहरु अतिक्रमण गरि संरचनाहरु निर्माण गरिएको हुनाले सो जग्गाहरुको नाप नक्सा गरि भत्काउने कार्य शुरु गरिएको हो । पार्क छेउमै खोजतलास गर्ने क्रममा प्रत्येक घर घरमा पत्राचार गर्दा ८ धुर ४ कनवा भएको जग्गा हालसाविक हुँदा २४ धुर भएको देखियो, त्यो जग्गा कहाँबाट आयो ? त्यो पार्कको जग्गा अतिक्रमण गरेर संरचना निर्माण गरिएको हुनाले त्यस्ता अतिक्रमित संरचनाहरुलाई हटाउने कार्य शुरु गरिएको उनको भनाई छ ।
अहिले तत्कालको लागि वीरगंज अलखिया मठ स्थित माइधिया पोखरी अतिक्रमित संचरचना हटाउने कार्य शुरु गरिएको छ, यसबाट विस्तारै वीरगंज महानगरपालिका भरिको अतिक्रमित संरचना हटाउने कार्यलाई तिब्रता दिइने उनको भनाई छ । सोमबार मात्रै ५० वटा भन्दा बढि घरको नाप नक्सा गरि मार्किङ्ग गरिएको छ, त्यसलाई एक दुई दिन भित्रै महानगरपालिको खाली गराउने उनले बताए । मालपोत कार्यालयको मिलोमतोमा त्यस्ता थुप्रै सार्वजनिक जग्गाहरु अतिक्रमण गरि संरचनाहरु निर्माण गरिएको छ, त्यो सबै जग्गा खाली गराउने महानगरपालिकाले अभियान संचालन गरेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once