Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

मतदातासंग साेनलले भने : कामकाे मुल्यांकन गरेर भाेट दिनु हाेला

spot_img

वीरगन्ज,२० कार्तिक

बारा क्षेत्र नम्बर ४ (ख) मा पाँच दलीय गठबन्धन बाट प्रदेशसभा सदस्यका उम्मेदवार जितेन्द्र साेनलले आइतबार विश्रामपुर गगाँउपालिकाकाे वडा नम्बर ५ इटियाहीमा चुनावी घरदैलाे कार्यक्रम गरेर मतदातालाई भेटेका छन् । लाेसपाका मधेस प्रदेश अध्यक्ष एंव पूर्व मन्त्री समेत रहेका साेनल घरदैलाेमा पुग्दा त्यहाका मतदाताहरुले भव्य स्वागत गर्दै यसपालि फेरि साेनललाई नै जिताउने बताएका थिए। इटियाहीका हरेक घर दैलाेमा पुगेर मतदातालाई भेट्दै साेनलले उनिहरुका समस्या र गुनासाहरु पनि सुनेका थिए ।

त्यस क्रममा साेनलले पाँच वर्षकाे कार्यकालमा आफुले क्षेत्रका लागि गरेका कामकाे मुल्यांकन गरेर मत दिन आग्रह गरे । मतदातासंग साेनलले भने, झुठा आश्वासन बाड्ने र चिप्ला कुराहरु गर्नेहरु पनि भाेट माग्न तपाईहरुका माझमा अहिले आइरहेका हाेलान् , तर म भन्छु याे क्षेत्रका लागि कसले काम गरेकाे छ ? दुखसुखमा जनताकाे साथ कसले दिदै आएकाे छ ? यसकाे मुल्यांकन गरेर मात्रै आफनाे अमुल्य मत दिनु हाेला । घरदैलाे कार्यक्रममा लाेसपा, नेपाली काँग्रेस , माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुकाे पनि सहभागिता रहेकाे लाेसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once