Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

मुख्यमन्त्री लालबाबु राउतको घरदैलो कार्यक्रम तिब्र, छाता छापमा मत दिन आग्रह

spot_img

वीरगंज, १९ कात्तिक

पर्सा क्षेत्र नं. १ (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीले घरदैलो अभिायनलाई तिब्रता दिएका छन् । २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १ को (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भई मुख्यमन्त्री समेत बनिसकेका लालबाबु राउत गद्दी यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत आफ्ना क्षेत्रमा घरदैलो अभिायनलाई तिब्रता दिएका हुन् । घरदैलोको क्रममा मुख्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य उम्मेदवार गद्दीले छाता छापमा मतदान गरि पार्टीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए । पर्सा क्षेत्र नं. १ मा मुख्यमन्त्री विकास कोषबाट थुपै्र विकास निर्माणका कार्यहरु भएको र अझैपनि विकास कार्यहरुले तिब्रता पाउने विश्वास दिलाउँदै छाता छापमा आ–आफ्नो अमूल्य मत दिन आग्रह गरेका थिए ।

घरदैलो कार्यक्रममा सो क्षेत्रका जनताहरुले गद्दीलाई नै आफ्नो अमूल्य मत दिई विजयी बनाउने प्रतिबद्धता समेत जनाएका थिए । घरदैलो अभियानकै क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीप्रति जनताहरु आकर्षित भई पार्टी प्रवेश गर्नेको लर्को लागेको छ । गत स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिका वडा नम्बर १२ मा नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्ष पदका प्रत्यासी राजकिशोर साह एवम् भूतपूर्व वडा सचिव राजेश्वर प्रसाद साह सहित नेकपा एसका सयौं नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई एक कार्यक्रमबीच पार्टीमा स्वागत गरिएको थियो । पार्टीका केन्द्रिय सदस्य प्रदीप यादव एवं कार्यकारिनी सदस्य एवं उपाध्यक्ष (मुख्यमन्त्री) लालबाबु राउत गद्दीले अविर टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once