Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

पर्सा २ मा काँग्रेसको लोकप्रियता बढ्दै, जसपाका प्रभावशाली नेताहरु काँग्रेस प्रवेश

spot_img

वीरगन्ज, १८ कार्तिक

निर्वाचनको मिति नजिकिदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै गएको छ ।पर्सा क्षेत्र नम्बर २ मा काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र २ (क)का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलेको लोकप्रियताका कारण अन्य दलका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ । शुक्रबार बहुदरमाइ नगरपालिका वडा नम्बर ४ डोकैला र बहुअरी र गम्हरिया जसपाका प्रभावशाली नेताहरुको नेतृत्वमा करिब ३ सय जना काँग्रेसमा प्रवेश गरेका छन् । चौरसिया र पटेलको घरदैलो कार्यक्रमका क्रममा गत स्थानीय तह निर्वाचनमा जसपाबाट वडा सदस्यमा चुनाव लडेका भरत साह र जसपाकै नेता लक्ष्मण साहको नेतृत्वमा ३ सय जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई चौरसिया र पटेलले अबीर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।जसपाले सिटको लोभमा मधेस विरोधी एमालेसंग गठबन्धन गरेकाले अब जसपा पनि मधेस विरोधी कित्तामै उभिएका कारण आफुहरुले जसपा छाडेर काँग्रेसमा प्रवेश गरेको नवप्रवेशी साहद्वयले बताए । त्यस अवसरमा नेपाली काँग्रेस पर्साका उपसभापति अशोक गुप्ताका साथै काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once