Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

पर्सा २ का मतदाता भन्छन् : हिन्दु राष्ट्रका लागि एक भोट राप्रपालाई

spot_img

वीरगन्ज,
पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नरेश कुमार साहले बुधबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा चुनावी घरदैलो गरेका छन् । राप्रपाका नेता कार्यकर्ता र आफना समर्थक सहित चुनावी घरदैलो गर्दै मतदातालाई भेट्न पुगेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार साहले हिन्दु राष्ट्र र राजतन्त्रको पुर्नस्थापनाका लागि राप्रपालाई जिताउन आग्रह गरे । विश्वमा एक मात्र हिन्दु राष्ट्र रहेको नेपाललाई विदेशीको डलर खाएर काँग्रेस–कम्युनिष्टहरुले धर्म निरपेक्ष घोषणा गरेको स्मरण गराउदै साहले भने ,‘ तर हरेक नेपालीको मन मनमा अब नेपाललाई फेरि हिन्दु राष्ट्र घोषणा गर्नु पर्छ भन्ने छ , जनताको त्यो सपना साकार पार्न पनि राप्रपाले नै जित्नु पर्छ ।

राजतन्त्र हुदा आफनो थैली भर्न नपाएकाहरुले नै जबरजस्ती गणतन्त्र लादेको भन्दै साहले गणतन्त्र र संघीयताको नाममा ब्रम्हलुट गर्नेहरुबाट अब जनता सचेत हुनु पर्ने बताए । त्यसका लागि अहिलेको निर्वाचन सुवर्ण अवसर भएकाले यो अवसरको सदुपयोग गरि जनताले राप्रपालाई जिताउनु पर्ने साहले बताए । चुनावी घरदैलोका क्रममा रामगढवाका सर्वसाधरणले पनि हिन्दु राष्ट्र घोषणा गराउनका लागि भएपनि यसपाली आफुहरुको भोट राप्रपामै जाने बताएका थिए ।चुनावी घरदैलो कार्यक्रममा राप्रपाबाट प्रदेशसभा सदस्यका उम्मेदवार प्रमानन्द साह कानु , युवा नेताहरु प्रशान्त दुबे , विराज यादव लगायत सयौंको सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once