Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

एमाले -जसपा गठबन्धनको वडा स्तरिय भेला सम्पन्न

spot_img

वीरगंज, १२ कार्तिक

आज बिरगंज वडा न ७ मा एमाले -जसपा गठबन्धनको वडा स्तरिय भेला सम्पन्न भएको छ। भेलामा गठबन्धनका साझा उम्मेदवार पर्सा क्षेत्र न.१(ख) प्रदेश सभा सदस्य तथा मधेश प्रदेशका माननीय मुख्यमन्त्री लालबावु राउतले यो गठबन्धन देश र प्रदेशको विकास संगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न तथा संविधान कार्यावन्यनको लागी आवश्यकता रहेको बताउनु भयो। यो पवित्र गठबन्धनको पक्षमा मतदान गर्न सबैमा आग्रह समेत गर्नुभयो।

साथै प्रदेश सरकारले विरगंजमा मधेश विश्वविधालय स्थापना, प्रादेशिक पुस्तकालय, श्रीपूर उच्च मा.वि प्राविधिक शिक्षा कार्यक्रम संचालन, पुराना तथा ऐतिहासिक त्रिजुद्ध मा. वि. लाई नमुना विधालय घोषण संगै बजेट निकाशा, विधालय भवनहरु निमार्ण, सामुदायिक भवन, धर्मशाला, जेष्ट नागरिक आवाश भवन निमार्ण, मंन्दिर, पार्क, छठघाट, सडक तथा नाला निमार्ण लगायत का लोकप्रिय योजना तथा कार्यक्रमहरु संचालनमा रहेको तथा कतिपय सम्पन्नको क्रममा रहेको बताए।

कार्यक्रममा पर्सा क्षेत्र न.१ प्रतिनिधि सभा सदस्य प्रदिप यादवले आफु मन्त्री हुदा छोटो समयमा चिडियाखाना स्थापना गरि बिरगंजमा ऐतिहासिक गरेको बताउनु भयो।

भेलामा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नवराज शर्मा, एमाले पर्सा क्षेत्र नं.१ (ख) संयोजक कमलेश गुप्ता, जसपा नगर अध्यक्ष इशवर यादव, पूर्व वडा अध्यक्ष बसन्त भकर, लगायतका नेता कार्यकर्ताहरु को सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता सत्यनारायण शर्मा तथा एमाले बिरगंज नगर कमिटी सचिवालय सदस्य बासु शर्मा ले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once