Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

राप्रपाका उम्मेदवार नेता कानुको घरदैलो कार्यक्रम सम्पन्न

spot_img

वीरगञ्ज, ११ कार्तिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेश साह कानु हिजो साँझ बहुदरमाई नगरपालिका वडा नं ३ मा घरदैलो तथा रात्री सभा सम्पन्न गरेका छन्। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेश साह कानुले स मतदाता को घरघरमा पुगि राप्रपा को चुनाव चिन्ह हल्लो छापमा मतदान गर्ने वार्वाटोलका मतदाताहरु संग प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेश साह कानुले आग्रहसमेत गरेका छन्।

नेता कानुले भने हामी पटकपटक विभिन्न नेतृत्वलाई सत्ता पावर शक्ति र विरासतमा पुर्यायौ तर देशमा न बिकाश भयो न सम्मृद्धि आयो देश दिन दिनै भाडभैलो भयो चरम भ्रष्टाचार गरेर देशलाई लिलामीमा चढाएर बिदेशी अनकुल देशमा शासन सत्ता चलाएका छन। अब देशको परिवर्तन र बिकाशका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी बाट नै संभव छ।

देशको एकमात्र राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिएर आगामी मंगसीर ४ गते हुन गइरहेको संघीय साँसद प्रदेश सभासदमा उठेका उमेदवारलाई हलो चिन्हमा मतदान गरेर बिजयी बनाउन घरदैलो कार्यक्रम सबैमा अपिल नेता कानुले आग्रह गरेका छन्। सो घरदैलो कार्यक्रममा जय करण गुप्ता,विराज यादव,कुंदन शाह,मनोज श्रीवास्तव,संतोष सिंह सोनाला साह सहित पार्टीका नेता कार्यकर्ता हरुको उलेख्निय सहभागिता रहेको प्रशांत दुबे ले जनकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once