Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

काँग्रेस उम्मेदवार चौरसियाको घरदैलो छपकैयामा

spot_img

वीरगञ्ज, १० कार्तिक

पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुले बिहीबार पनि मतदाताको घरदैलोमा पुगेर मत माग्दै आशीर्वाद थापेका छन् । काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर वडा नम्बर १ को बजार छपकैयाका विभिन्न टोलमा घरदैलो गरेका हुन् ।

त्यसक्रममा घरघरमा पुगेर मतदातालाई भेट्दै प्रतिनिधीसभा सदस्यका काँग्रेस उम्मेदवार चौरसियाले आफु सांसद पदमा नरहदा पनि जनताको सुखदुखमा साथ दिदै आएको कुरा सबैलाई थाहा नै भएको भन्दै आगामी दिनमा पनि आफु जनताकै माझमा रहने बताए ।  चौरसियाले भने ,‘ म नेता भन्दा पनि यस क्षेत्रका जनताको सेवक हु , जनताको हरेक सुखदुखमा मेरो साथ पहिले पनि थियो , अहिले पनि छ , भोलिका दिनमा पनि रहनेछ ।

उनले मंसिर ४ को निर्वाचनमा कामको मुल्यांकन गरेर मतदान गर्न आग्रह पनि गरे । काँग्रेसकै कारण लोकतन्त्र र संविधान जोगिएको भन्दै उनले अहिले काँग्रेसले जिते मात्र संविधान र लोकतन्त्र सुरक्षित हुने बताए । चुनावी घरदैलो कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , नेता ओम प्रकाश गुप्ताका साथै काँग्रेस र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once