नेता चौरसियाको घरदैलो कार्यक्रम सम्पन्न

spot_img

बीरगंज, कार्तिक ५ गते ।

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया, प्रदेश सभा सदस्य उम्मेदवार रमेश प्रसाद कुर्मी द्वय नेताले आज बीरगंज महानगरपालिकाको वडा नं. २ मा घरदैलो कार्यक्रम गरेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार तथा संविधानको पहरेदार मूल नाराका साथ चुनावमा हुमिएका नेता चौरसिया र कुर्मीको घरदैलो कार्यक्रम तीव्रता लिएको छ ।

मतदाताहरुलाई पाँच दलिय गठबन्धनलाई जिताउन सक्दो सहयोगका लागि अपिल गरेका छन् । पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य क्षेत्र नं. २ (ख) बाट उम्मेदवारी दिएका रमेश प्रसाद कुर्मीले मतदाताहरुको घर घरमा पुगि गठबन्धनलाई जिताउन आग्रह समेत गरेका छन् । मतदाताको चाहना र भरोसा पुरा गर्न नै आफु राजनितिमा लागेको र आउने दिनमा शिक्षा, स्वास्थ्य तथा कृषिमा सुधार ल्याउने प्रयासरत रहने कुरामा जोड दिएका नेता चौरसियाले आम जनतालाई भरोसा दिलाए ।

उक्त कार्यक्रममा पुर्व मन्त्री ओमप्रकाश शर्मा, महाधिवेशन प्रतिनिधि रामरुप कुर्मी, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार राकेश सिंह, प्रदेश सभा सदस्य हाजि सोएब अख्तर अन्सारी, बुथ सभापति सेख नेजामुदिन, महिला नेतृ रम्भा मिश्रा, क्षेत्रिय सह सचिव रंजित पटेल लगायत पार्टीका नेता, कार्यक्रर्ता तथा शुभचिन्तकहरुको उल्लेखनीय सहभागिता रहेको क्षेत्रीय सभापति महम्मद सहाबुदिनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once